७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ



अ+ अ-

मन्थली । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो ।

“सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।