१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु



फाइल तस्विर
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यंग्य गरेका छन् ।

सभापति लामिछानेले ओलीले आफूलाई ‘गुन लगाएको’ भनेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उक्त गुन तिर्न आफू अदालत धाइरहेको टिप्पणी गरेका हुन् ।

ओलीले केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा लामिछानेलाई गुन लगाएको तर उनले गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए । यही सन्दर्भमा आज काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किएका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीमाथि व्यंग्य गरे ।

उनले भने, “केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्नेछ ।”

लामिछानेले थपे, “जीउमा किला ठोकेजस्तो भएको छ, अन्य अदालतमा पनि हाजिर गर्न जानुपर्छ । म आज यहाँ आएँ, अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बाँकी त शरीरभरि नै छ ।”

लामिछाने हाल विभिन्न मुद्दाका कारण देशका विभिन्न अदालतमा हाजिर हुनुपर्ने अवस्थाबीच छन् ।