२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै मितिमा नहुने निष्कर्ष पार्टीले निकालेको बताएका छन्।

सोमबार सिंहदरबारमा निर्वाचन व्यवस्थापनसम्बन्धी जारी छलफलमा बोल्दै उनले सैद्धान्तिक रूपमा एमाले निर्वाचनको पक्षमा रहे पनि वर्तमान राजनीतिक वातावरण निर्वाचनका लागि अनुकूल नरहेको बताए।

संसद् पुनर्स्थापनाको मागसहित सरकार अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भइरहेको अवस्थामा फागुन २१ गते चुनाव हुन नसक्ने उनको भनाइ थियो।

“सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौँ। तर आजको अवस्था हेर्दा २१ गते निर्वाचन हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,” उनले भने।

सचिव बस्नेतले निर्वाचन कार्यतालिका परिवर्तनलगायत विषयमा सरकारले ‘ब्याक च्यानल’मार्फत प्रस्ताव पठाउनु उपयुक्त नभएको भन्दै खुला र औपचारिक ‘ओपन च्यानल’बाट संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

यसैगरी, उनले जेनजी पुस्ताले नै सम्झौता कार्यान्वयन गर्ने विषयमा आशंका व्यक्त गरेको बताए। “सैद्धान्तिक रूपमा जेनजीसँग भएको सम्झौतामा हामी सहमत छौँ। अब सरकार कार्यान्वयनमा लाग्नुपर्छ,” उनले भने।

उनले विद्युतीय मतदान प्रणाली तथा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषय लामो समयदेखि उठ्दै आए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरे।

“प्रत्येक चुनावमा यस्ता कुरा उठ्छन्, तर व्यवहारमा सम्भव भएको देखिँदैन। अब यस्ता विषयलाई अर्को चुनावका लागि योजना बनाएर अघि बढाउनुपर्छ,” बस्नेतले भने।




भर्खरै