७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । ललितपुरमा बोरामा प्याक गरिएको अवस्थामा शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ।

प्रहरीका अनुसार हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक नगरपालिका–७ को जंगलमा फेला परेको हो।

यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो। उनीसँगको सोधपुछका क्रममा जयराज अधिकारीको नाम खुलेपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको हो।

प्रहरीका अनुसार जयराज अधिकारीले पारुहाङ राईको पनि हत्या गरेको स्वीकार गरेका छन्। उनले बताएअनुसारकै स्थानबाट प्रहरीले पारुहाङ राईको शव फेला पारेको जनाएको छ।

देवराज ढुंगेल र जयराज अधिकारीले गत मंसिर २४ गते केशवराज हायुको हत्या गरेको र त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको पनि हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले दुवै अभियुक्तले दुई जनाको हत्या गरेको स्वीकार गरेको जानकारी दिए। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।