२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी



अ+ अ-

सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा  व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो । शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । जिप्रकाले बिहीबार बेलुकीदेखि लागू हुने गरी आज आज ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ उहाँले बताउनुभयो । 

इश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको उहाँले बताउनुभयो ।  प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिइएको छ । रासस