काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन्।
प्रधानमन्त्री कार्कीसँगको भेटघाट आज साँझ साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय भएको लामिछाने निकट स्रोतले जनाएको छ।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भई हिजो काठमाडौं फर्किएका थिए। काठमाडौं आएलगत्तै आज उनलाई पार्टी कार्यालयमा औपचारिक स्वागत गरिएको थियो।
प्रधानमन्त्रीसँगको भेटमा समसामयिक राजनीतिक विषय, न्यायिक प्रक्रियापछिको अवस्था तथा आगामी राजनीतिक सहकार्यबारे छलफल हुने अनुमान गरिएको छ।










