९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताउनु भयो । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी उहाँले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त  भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’

उहाँले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो ।