६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम



photo: rss
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया प्रदेश हुँदै केन्द्रसम्म अघि बढिरहेको छ। यस क्रममा सबैभन्दा धेरै जिल्लाबाट महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ।

थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस भएका थिए। तर, कोशी प्रदेश समितिले भने उनको नामसँगै सीता गुरुङको नाम पनि थपेर केन्द्रमा पठाएको छ।

गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र सांसद थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर केन्द्रमा पठाइएको पुष्टि गरे। यस क्रममा उनले महामन्त्री थापा र उनीनिकट नेताहरूले ‘स्टन्ट’ गरेको आरोपसमेत लगाए।

यसअघि सीता गुरुङको नाम तेह्रथुम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँका केही नेताहरूको भनाइ छ। तेह्रथुम कांग्रेसका एक पदाधिकारीका अनुसार अघिल्लो निर्वाचनमा तुलसी सुब्बा सीता गुरुङलाई हराउन सक्रिय थिए।

सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुम कांग्रेसले प्रत्यक्षतर्फ गगनकुमार थापाको मात्रै नाम सिफारिस गरेको थियो।

समानुपातिकतर्फ भने कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरिएको छ।