६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट



अ+ अ-

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

“तपाईंले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन उल्लेखनीय भूमिका खेल्नुभएको छ”, बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भन्नुभयो, “जहाँ रहे पनि तपाईलाई असल मित्रका रुपमा सम्झिनेछौँ ।”

सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्ष भएका अवसरमा विभिन्न कार्यक्रम भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले त्यस्ता केही कार्यक्रममा आफू पनि सहभागी भएको जानकारी दिनुभयो ।

सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल चीनको एक असल छमेकी मित्रराष्ट्र रहेको र सदैव दुई देशले एकअर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको बताउनुभयो ।

राजदूत सोङले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको पनि बताउनुभयो ।