६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन्। शुक्रबार रिहा भएका लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार केन्द्रीय समिति बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ। बैठकमा सभापति लामिछानेले केन्द्रीय समिति सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

केन्द्रीय समिति बैठकअघि पार्टीका नेता तथा कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ।

शुक्रबार रिहा भएपछि लामिछाने शनिबार चितवनमा आयोजित सभामा सहभागी भई काठमाडौं फर्किएका थिए। त्यसपछि उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए।

सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारीमा थिए। शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् रूपमा सक्रिय हुने जानकारी सार्वजनिक गरेको थियो।