१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन



अ+ अ-

काठमाडौं । रक्षा बम नेतृत्वको जेन–जी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ।

फ्रन्टका गतिविधिलाई थप सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रज व्यक्तिहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गरिएको फ्रन्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

गठित सल्लाहकार परिषद्मा १३ जना सदस्य रहेका छन्। परिषद्का सदस्यहरूमा डा. रामजी राम, साधना राई, डा. मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, मिलन पाण्डे, दिव्येश गिरी, सस्मित पोखरेल, सरोज गौतम, प्रगति राई, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन्।

फ्रन्टले सल्लाहकार परिषद्का सुझाव र मार्गदर्शनले संगठनलाई नीतिगत, वैचारिक तथा कार्यक्रमगत रूपमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको जनाएको छ।