९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने उद्देश्यले आज भारत प्रस्थान गर्दै छन्।

उनका स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटअनुसार डा. भट्टराईले भारत भ्रमणका क्रममा मुम्बईस्थित आइआइटी बम्बैमा आयोजना हुने टेक फेस्ट तथा नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनी पुस ९ गते नेपाल फर्किने छन्।

जेन्जी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी सक्रिय राजनीतिमा रहेका भट्टराईका लागि यो आन्दोलनपछिको पहिलो औपचारिक भारत भ्रमण हो।

भ्रमणका क्रममा उनले भारत–नेपाल सम्बन्ध, समसामयिक क्षेत्रीय मुद्दा तथा प्रगतिशील राजनीतिक धाराबारे विचार आदान–प्रदान गर्ने बताइएको छ।