काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने उद्देश्यले आज भारत प्रस्थान गर्दै छन्।
उनका स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटअनुसार डा. भट्टराईले भारत भ्रमणका क्रममा मुम्बईस्थित आइआइटी बम्बैमा आयोजना हुने टेक फेस्ट तथा नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनी पुस ९ गते नेपाल फर्किने छन्।
जेन्जी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी सक्रिय राजनीतिमा रहेका भट्टराईका लागि यो आन्दोलनपछिको पहिलो औपचारिक भारत भ्रमण हो।
भ्रमणका क्रममा उनले भारत–नेपाल सम्बन्ध, समसामयिक क्षेत्रीय मुद्दा तथा प्रगतिशील राजनीतिक धाराबारे विचार आदान–प्रदान गर्ने बताइएको छ।










