काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताउनु भयो । उहाँले एक लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताउनु भयो । काठमाडौं उपत्यकाका अन्य स्थानहरु राजनीतिक दलहरुलाई कार्यक्रम गर्न सानो भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरुलाई आग्रह गर्दछु । किनकी यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’
संयोजक दाहालले सबै वामपन्थी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो ।










