२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताउनु भयो । उहाँले एक लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताउनु भयो । काठमाडौं उपत्यकाका अन्य स्थानहरु राजनीतिक दलहरुलाई कार्यक्रम गर्न सानो भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरुलाई आग्रह गर्दछु । किनकी यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’

संयोजक दाहालले सबै वामपन्थी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो ।