५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा परिवर्तन चाहने शक्तिहरूलाई एकैठाउँमा ल्याउन आवश्यक परे आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन्।

रिहा भएलगत्तै चितवनमा आयोजित विशेष सम्बोधनमा उनले मिल्नुपर्ने सबैसँग संवाद भइरहेको जानकारी दिए। देशलाई निकास दिनका लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै त्याग्न पनि आफू तयार रहेको उनको भनाइ छ।

लामिछानेले आफू कुनै एक चुनावका लागि मात्रै राजनीतिमा नआएको स्पष्ट पार्दै पुस्तागत परिवर्तनका लागि आएको बताए।

उनले भने, ‘म एउटा चुनावको लागि राजनीतिमा आएको मान्छे होइन, एउटा पुस्ताको लागि आएको हुँ। त्याग गर्ने पहिलो सूचीमा मैले आफ्नो नाम चढाएको छु। पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्छ, एउटा चुनावको लागि हो भने आई एम सरी।’

उनले परिवर्तनका लागि इमानदार र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा उद्देश्यका लागि सबै पक्षबीच एकताबद्ध पहलको आवश्यकता औंल्याए।