४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
अ+ अ-

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ भाले घडियाल गोही गणना गरिएको छ । अतिसङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार दुवै नदीमा जम्मा ३६६ घडियाल गोही फेला परेका छन् । “अनुगमनका क्रममा हामीले राप्ती नदीमा २३१ तथा नारायणी नदीमा १३५ घडियाल गोही फेला पारेका छौँ”, थापामगरले भन्नुभयो, “गत वर्ष दुवै नदीमा गरी जम्मा ३५२ मात्रै घडियाल गोही देखापरेका थिए ।” उहाँका अनुसार यस वर्षको गणनामा राप्ती नदीमा २०६ तथा नारायणी नदीमा १४६ घडियाल फेला परेका छन् ।

गत वर्षकोभन्दा यस वर्ष नारायणी नदीमा घडियाको सङ्ख्यामा कमी आएको भन्दै उहाँले राप्ती नदीमा भने घडियालको सङ्ख्या बढेको जानकारी दिनुभयो । “हामीले गरेको संरक्षणको पहल र समुदायमा बढेको संरक्षण चेतनाका कारण घडियाल गोहीको सङ्ख्या बढेको हुनसक्छ”, उहाँले भन्नुभयो, “निकुञ्जले बर्सेनि घडियाल प्रजनन केन्द्रमा हुर्काएको गोहीका बच्चालाई नारायणी नदी र राप्ती नदीमा छोड्ने गर्दा पनि नदीमा गोहीको सङ्ख्या बढ्दै गएको छ ।”

सन् १९७८ देखि निकुञ्जको मुख्यालय कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरी अतिसङ्कटापन्न अवस्थामा रहेको घडियालको संरक्षणको काम भइरहेको थापा मगरले जानकारी दिनुभयो । नारायणी तथा राप्ती नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा मेसिनबाट बच्चा कोरलेर हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको उहाँको भनाइ छ ।

आगामी दिनमा पनि घडियाल गोहीको दिगो संरक्षण, नियमित अनुगमन तथा नदी प्रणालीको संरक्षणका लागि सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै घडियालको सङ्ख्या वृद्धिमा भूमिका खेल्ने थापामगरले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले यस वर्ष मङ्सिर २१ देखि मङ्सिर २९ गतेसम्म गरेको घडियाल गोहीको नियमित अनुगमन कार्यबाट प्राप्त भएको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती नदी र नारायणी नदीमा घडियाल गणना गरिनुको मुख्य उद्देश्य नदी प्रणालीमा घडियाल गोही तथा यसको बासस्थानको वर्तमान अवस्थाको अद्यावधिक जानकारी सङ्कलन गर्नु रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताउनुभयो ।

अनुगमनका क्रममा राप्ती र नारायणी नदीका विभिन्न खण्डमा प्रत्यक्ष अवलोकनका आधारमा घडियाल गोहीको गणना गरिएको पन्तको भनाइ छ । घडियाल गोहीको गणनाका क्रममा नारायणी नदीमा एउट डल्फिन (साँस) समेत देखापरेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार घडियाल गणनाका क्रममा नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीको गोलाघाट क्षेत्रमा एउटा डल्फिन फेला परेका हुन् । नारायणी नदीमा डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानिएको पन्तले बताउनुभयो । यसअघिका वर्षमा पनि नारायणी नदीको यसक्षेत्र र नवलपुरको बगुवन, अमलटारी क्षेत्रमा पटकपटक डल्फिन देखिँदै आएका थिए ।