९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या



अ+ अ-

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली क्षेत्रका चार अखडाका ढोका साँघुरा हुँदा गाई पाल्ने परम्परा नै लोप हुने अवस्था सृजना भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यस क्षेत्रका सम्पदाको पुनर्निर्माण अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको हो । बनेका यस क्षेत्रका सम्पदास्थलका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको हो ।

अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरले गरेको इञ्जिनीयरिङअनुसार पुनर्निर्माण भएका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको श्रीराम मन्दिर वैरागी अखडा थापाथलीका महन्त रामस्वरुप वैष्णवदासले जानकारी दिनुभयो ।

भूकम्पअघि थापाथली क्षेत्रका चार अखडामा गरी १५० वटा गाई पालिन्थ्यो । भूकम्पपछि बनेका गौशालाका ढोका साँघुरा हुँदा गाई पाल्ने हिसाबले मात्र प्रत्येक अखडामा एक, दुई गाई पालिएको छ । यी गौशालामा गाई पाल्न धेरै अप्ठ्यारो परेको गौसेवकको गुनासो छ । समितिका इञ्जिनीयरले ध्यान दिन नसक्दा यस्तो समस्या आएको काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार बताउनुहुन्छ ।

थापाथली क्षेत्रमा वैरागी अखडासँगै उदासी, सन्न्यासी र गोरखनाथ अखडा पनि छन् । प्रधानमन्त्री जङगबहादुर राणाले बेलायतबाट फर्केपछि थापाथलीमा चार अखडामा विभाजन भएका उहाँले सुनाउनुभयो ।