५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै



अ+ अ-

नवलपरासी। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताउनुभयो ।

सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवद्र्धन तथा कावासोती नगरपालिका–१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा देशभरका १२ वटा टिमको सहभागिता रहने छ । सबै खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले रु तीन लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले रु एक लाख ५० हजार नगद पुरस्कार हात पार्नेछ । यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई जनही रु २५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलोपटक कावासोती गोल्डकप गर्न लागिएको र आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिँदै जाने आयोजक संस्थाका अध्यक्ष अर्यालले बताउनुभयो । “हामीले पहिलोपटक प्रतियोगिता सुरु गर्दैछौँ, खेल क्षेत्रको विकास गर्न, स्थानीय खेलाडी उत्पादन गर्न प्रतियोगिता फलदायी हुन्न भन्ने छ, त्यसैले यसलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने छौँ”, अध्यक्ष अर्यालले भन्नुभयो । रासस