१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै



अ+ अ-

नवलपरासी। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताउनुभयो ।

सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवद्र्धन तथा कावासोती नगरपालिका–१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा देशभरका १२ वटा टिमको सहभागिता रहने छ । सबै खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले रु तीन लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले रु एक लाख ५० हजार नगद पुरस्कार हात पार्नेछ । यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई जनही रु २५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलोपटक कावासोती गोल्डकप गर्न लागिएको र आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिँदै जाने आयोजक संस्थाका अध्यक्ष अर्यालले बताउनुभयो । “हामीले पहिलोपटक प्रतियोगिता सुरु गर्दैछौँ, खेल क्षेत्रको विकास गर्न, स्थानीय खेलाडी उत्पादन गर्न प्रतियोगिता फलदायी हुन्न भन्ने छ, त्यसैले यसलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने छौँ”, अध्यक्ष अर्यालले भन्नुभयो । रासस