४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै



अ+ अ-

काठमाडौँ। ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनल खेलका लागि एपीएफ र भारतको इस्ट बङ्गाल प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज आयोजित प्रि–म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले काठमाडौँमा जारी सो च्याम्पियनसिप फाइनलका लागि तयार रहेको बताए ।

प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप तालिम गरिएको बताउनुभयो ।

फाइनल खेल भोलि शनिबार साँझ ५ः०० बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । एपीएफकी कप्तान अनिता बस्नेतले भन्नुभयो, “क्लबभन्दा पनि हामीले देशलाई नै प्रतिनिधित्व गरिरहेका छौँ, तयारी भइरहेको छ, इस्ट बङ्गालको सामना गर्न तयार छौँ ।”

इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि अब हुने फाइनल खेलमा आफ्नोतर्फबाट उत्कृष्ट खेल हुने बताएका छन् । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी थिए ।

यही मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।रासस