१६ श्रावण २०८३, शनिबार
,
Latest
राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै



अ+ अ-

काठमाडौँ। ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनल खेलका लागि एपीएफ र भारतको इस्ट बङ्गाल प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज आयोजित प्रि–म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले काठमाडौँमा जारी सो च्याम्पियनसिप फाइनलका लागि तयार रहेको बताए ।

प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप तालिम गरिएको बताउनुभयो ।

फाइनल खेल भोलि शनिबार साँझ ५ः०० बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ । एपीएफकी कप्तान अनिता बस्नेतले भन्नुभयो, “क्लबभन्दा पनि हामीले देशलाई नै प्रतिनिधित्व गरिरहेका छौँ, तयारी भइरहेको छ, इस्ट बङ्गालको सामना गर्न तयार छौँ ।”

इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि अब हुने फाइनल खेलमा आफ्नोतर्फबाट उत्कृष्ट खेल हुने बताएका छन् । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी थिए ।

यही मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।रासस