२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई



अ+ अ-

काठमाडौँ। टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) अन्तरविद्यालय स्तरीय समाचार प्रतियोगिताको छात्रातर्फ तेजस्वी एकेडेमी र छात्रतर्फ संस्कृत स्कुल प्रथम भएका छन् ।

टप्सले आज नवोदित विद्या कुञ्ज माध्यमिक विद्यालयमा आयोजना गरेको अन्तरविद्यालय स्तरीय समाचार वाचन प्रतियोगिताको छात्रातर्फको उपाधि तेजस्वी एकेडेमीकी छात्रा प्रशंसा कँडेल र छात्रतर्फको उपाधि संस्कृत स्कुलका स्पन्दन श्रेष्ठले हात पार्नुभएको हो ।

छात्रातर्फ दोस्रो स्वेतसदन स्कुलकी छात्रा एकता भण्डारी र छात्रतर्फ ह्वाइट हेवन एकेडेमीका छात्र सोनु गिरी हुनुभएको छ । यसैगरी छात्रातर्फ तृतीय हुनेमा ल्याण्डमार्क एकेडेमीकी सोविता सुवेदी र छात्रतर्फ लालिगुराँस एकेडेमीका सुगम सुनार हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

वडाध्यक्ष तिवारीले विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) का सचिव एवं नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले पठन संस्कृतिको विकास, क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउन समाचार वाचन प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) का अध्यक्ष भरतमणि पोखरेलले विसं २०७१ मा टप्स स्थापना गरी विद्यार्थीभित्र रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्दै आएको बताउनुभयो ।

टप्सले आज आयोजना अन्तरविद्यालयस्तरीय समाचार वाचन प्रतियोगितामा १४ विद्यालयका २८ विद्यार्थीले सहभागिता जनाएको नवोदित स्कुलका प्राचार्य विकासराज शर्माले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र नेपाली भाषाका विज्ञ हरिप्रसाद आचार्य र राससकै समाचारदाता अच्युत रेग्मी हुनुहुन्थ्यो ।

टप्सले विभिन्न समयमा विद्यार्थीलाई शिक्षासँगै बास्केटबल, फुटबल, फुटसल, चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफलगायतका प्रतियोगिता गराउँदै आएको छ । रासस