४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
अ+ अ-

भोजपुर । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।

किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । “विगतका वर्षहरूमा यस्तो प्रकारको रोग देखिएको थिएन”, उहाँले भन्नुभयो, “यो वर्ष एकपटक रोपिएको आलु पूर्ण रूपमा नष्ट भयो । पुनः रोपाइँ गरेका छौँ, तर त्यसमा पनि रोग देखिन थालेको छ ।”

अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर(५ का नवराज फुयाँलले बताउनुभयो । “रोग यसैगरी फैलिँदै जाने हो भने यस वर्ष आलु उत्पादन घट्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।

कृषि प्राविधिकले डढुवा सङ्क्रमण नियन्त्रणका लागि समयमा रोग पहिचान, उपयुक्त औषधि प्रयोग तथा मौसमअनुसार सावधानी अपनाउन किसानलाई सुझाव दिएका छन् । डढुवाको सङ्क्रमण बढ्दै जाँदा किसानहरूले तत्काल प्रभावकारी प्राविधिक सहयोग र अनुगमनको माग गरेका छन् ।