१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया

फिल्म “ख्लासी अनिउ”को पहिलो गीत “डिहिरी छार्वा” सार्वजनिक (भिडियोसहित)

फिल्म “ख्लासी अनिउ”को पहिलो गीत “डिहिरी छार्वा” सार्वजनिक (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य तथा निर्देशक अरुण घिसिङद्वारा निर्मित चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक भएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त चलचित्रको पहिलो गीत सार्वजकि गरिएको हो । तामाङ समूदायको सामान्य जीवनमा आधारित उक्त चलचित्र यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिए ।

कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने,‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।’ गुणस्तरीय नभएको र दर्शकका आकांक्षालाई पुरा नगरेको कारण नेपाली चलचित्रहरुले राम्रो प्रदर्शन नगरेको उनको भनाई थियो ।

दर्शकको इच्छा र आकांक्षालाई ध्यान दिएर चलचित्र निर्माण गरिएको उनले बताए । उक्त चलचित्रले मूलधारका नेपाली चलचित्रसंग प्रतिष्पर्धा गर्ने उनको दाबी छ । ‘ख्लासी आनिउ’ को दोस्रो भागको लागि काम भइरहेका समेत उनले जनाए । उनले भने,‘आगामी बैशाखसम्ममा यो चलचित्रको दोस्रो भाग आईसकेका छन् ।’

त्यसैगरी कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको स्पष्ट पारे । उनले भने,‘तामाङ समूदायका उत्पीडनलाई चलचित्रको माध्यमबाट उजागर गर्न जरुरी छ ।’ कलाकारलाई राज्यबाट कुनै सहयोग नरहेको उनको गुनासो थियो । कलाकारको पीडालाई राज्यले बुझ्न आवश्यक रहेको पनि उनले आवश्यकत्ता औंल्याए । ‘च्यारिटीको भरमा हामीले चलचित्र निर्माण गर्दै आएका छौं, समुदायमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न राज्य गम्भीर हुनुपर्छ ।’–उनले भने ।

त्यसैगरी कार्यक्रममा चलचित्रका खलनायक बाबुराम ग्याबाले तामाङ समुदायको अवस्थालाई यस चलचित्रमार्फत दर्शाइएको छ । उनले भने,‘ यो मेरो पहिलो फिल्म हो ।’ चलचित्र दर्शक माँझ निकै लोकप्रिय हुने आशा समेत उनले राखेका छन् । कलाकारको विकृति र बिसंगतिलाई हटाउने प्रयास यस चलचित्रमार्फत गरिएको उनले बताए । फागुन १७ रिलिज हुन लागेको यस चलचित्रलाई माया गरिदिन सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रममा चलचित्र निर्माता विनय दोङ तामाङले आदिवासी, जनजातीलाई समेटेर चलचित्र निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् । उनले सो चलचित्रका निर्माता अरुण घिसिङलाई समुदायिक चलचित्र निर्माण गरेकोमा धन्यावाद ज्ञापन गरे । ‘भव्य तरिकाले चलचित्र प्रदर्शन होस् भन्ने मेरो शुभकामना छ ।’–उनले भने । उक्त चलचित्रको कार्यकारी निर्माता भने ईन्दिरा वाईबा हुन् ।

हेरौ भिडियोे….

https://youtu.be/IsLrHKki1xY?t=8