२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ बनस्थलीको जित



अ+ अ-

काठमाडौं । सिद्धार्थ बनस्थलीले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको उद्घाटन खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई १–० गोलले पराजित गर्यो । अनमोल क्षेत्रीले निर्णायक गोल गरे । नेक्ससका कर्तब्य मोक्तान ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । नकआउट आधारमा भइरहेको प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १२ टिम सहभागी छन् ।

सहभागी टिमहरुमा लोयल्टी ‘ए’ र ‘बी’, सिद्धार्थ बनस्थली, नेक्सस, टीआईए, हिमालयन, काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन तथा शिशु मिलन रहेका छन् । सोमबार काष्ठमण्डप र युनाइटेड, विद्या संस्कार र डिफेन्डिङ च्याम्पियन एलए तथा टीआईए र लोयल्टी ‘ए’ बीच खेल हुने छ । फाइनल फागुन १६ गते हुने छ ।