२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम
अ अ+ अ-

जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ । 

हालै आयोजना गरिएको सार्वजनिक सुनवाईका क्रममा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले मुड्केचुला गाउँपालिका–४ इलमा सो आयोजनाको विद्युत् गृह तथा जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध निर्माण गरिनेछ । जगदुल्लासँगै निर्माणको योजना बनाएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण हुन सकेको छैन । सो आयोजनाको डीपीआर तयार गर्न चार पटक म्याद थपिएको छ । 

उज्यालो नेपाल अभियानअन्तर्गत जगदुल्ला आयोजनाको डीपीआर निर्माण गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम समेत अघि बढेको छ । आयोजनाले पार्ने प्रभावबारे भौगर्भिक अध्ययन भइरहेको छ । आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार कूल ४०० मिटर लम्बाइको सो आयोजनाको ३२० मिटर सुरुङ खनिएको छ । अस्थायी कार्यालय र आवास निर्माण गरिएको छ ।  

“दुई सय ६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम सकिएको छ”, उहाँले भन्नुभयो । उत्पादित विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक र वित्तीय संस्थासँग छलफल भएको छ । पहुँच मार्गका लागि जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गर्नुपर्ने छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर सडकको ट्रयाक खोलेको सापकोटाले बताउनुभयो ।  

आयोजनाबाट उत्पादित विद्युत् रुकुम पश्चिमको बाँफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सवस्टेशनमा जोडिने छ । निर्माण गरिएको डीपीआरअनुसार आयोजनाको कूल लागत २० अर्ब छ । ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलमा पानी खसालेर बिजुली उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला–१ हुरिकोटमा २३ मिटर अग्लो बाँध निर्माण गरिनेछ । आयोजना निर्माण गर्न चाहिने बिजुलीका लागि फेदीखोला र काइगाउँस्थित खोलाबाट दुई दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन भइरहेको छ ।  

रु तीन करोडको लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडक निर्माण थालिएको छ । त्रिवेणीदेखि आयोजनाको बाँधस्थल हुरिकोटसम्म सडक निर्मण र स्तरोन्नति पुल आयोजनाले नै सापकोटाले बताउनुभयो । सो खण्डमा १० बेलिब्रिज आयोजनाले बनाउने छ । त्रिवेणीमा पुल निर्माणको काम अघि बढेको छ । 

सो पुल दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य छ । जाजरकोट–डोल्पा सडकखण्डको जाजरकोट र रुकुमपश्चिमको बीचमा भेरीमा पुल बनाउन काम थालिएको सापकोटाले बताउनुभयो । उक्त पुल निर्माण भए त्रिवेणीस्थित भेरीमा पुल निर्माण गर्न सहज हुने बताइएको छ । आयोजना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न यही बाटो प्रयोग गर्नुपर्ने छ । रासस