१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ



फाइल फोटो
अ+ अ-

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताउनुभएको छ ।

श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले भन्नुभयो, “काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ । श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ ।”

अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने चलनलाई चुनौती दिँदै भन्नुभयो, “देशमा कामलाई सानो भनिएकै कारण विकास भएको छैन । हामीले श्रमिकलाई अपमान गर्न हुन्न र सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ । आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ । विकास र निकास श्रम संस्कृतिले मात्र सम्भव छ ।”

उहाँले थप भन्नुभयो, “श्रमिक भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र होइन । शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै मान्छे श्रमिक हुन् । हामी सबै श्रमिक हौँ र श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अगाडि बढ्छ ।”

कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक सङ्घसंस्था र पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो ।रासस




भर्खरै