३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा



अ+ अ-

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन्।

अहिलेको अवस्थामा कांग्रेस कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका छन।

राप्रपा नेपाल आबद्ध पुर्ब प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने “राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो”।त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको पनि स्पष्ट पारे ।

उनले थपे :- हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन । एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकहरुमा चिन्ता देखिन्छ। ढिलो भएको छ।तर, म आशावादी छु, यो प्रकृया चाढै टुङ्गिन्छ” । उनले राष्ट्रवादी शक्तिहरू एक भएको अवस्थामा सबै भन्दा ठूलो शक्ति हामी नै हुने समेत दाबी गरे ।

पछिल्लो घटनाक्रमबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना हुने सम्भावना बलियो भएको समेत उनको धारणा थियो । पुर्ब प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दर्जनौ पुर्ब प्रहरिहरु राप्रपा नेपालमा आबद्ध भएका थिए ।