२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको हो ।

आफूहरुको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गर्नुभएको थियो । आयोगको उक्त मागअनुसार आयोगको म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत हुनुभएको अध्यक्ष कार्कीले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो म्याद सकिन लाग्यो । काम अझै बाँकि छ । हामी प्रधानमन्त्रीज्युसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना हामीलाई थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी २ हप्ता बढि त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिष्ट पठाएन । त्यसकारण काम गर्न ढिलाई भयो । त्यसकारण एक महिना थप्नु प¥यो भन्यौ । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो ।’

आयोगको म्याद यही पुस ९ गते सकिँदैछ । कार्यादेशअनुसार बाँकि कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।