६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने

लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने
अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । मन्त्री बादीले ‘ब्लु बस’ सेवाले लैङ्गिक असमानतालाई प्रोत्साहन नगर्ने स्पष्ट पार्दै असमान अवस्था र विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि वास्तविक समानताको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

“समानताको अर्थ सबै नागरिकलाई सधैँ एउटै व्यवहार गर्नु मात्र होइन,” उहाँले भन्नुभयो । ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो । यो सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न रोक नलगाउने र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि नगर्ने उहाँको भनाइ थियो । मन्त्री बादीले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवासँगै सबैका लागि सुरक्षित र सम्मानजनक सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन सुधारलाई पनि सँगसँगै अघि बढाइने बताउनुभयो ।

उहाँले सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारीसाधनमा सिसिटिभी जडान, राइड–सेयरिङ एपमा एसओएस बटनको व्यवस्था तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने छ ।