३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड (भिडियो सहित)



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु भएको छ । 

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराउनु भयो । उहाँले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिनु भयो ।

अर्थमन्त्री शर्माले भन्नु भयो, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरुको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ । र यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ । हाम्रो बारीहरु बाँझो हुँदा हामी आयातित बस्तुहरु खाईरहेका छौं । उत्पादनमूखि अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्याम भनेको कृषि नै हो । कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीका आवश्यक्ता छ । आज कृषि क्षेत्र उपेक्षित छ । कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा पाईरहेको छैन । किसानहरुले पाईरहेको छैन । त्यतातिर हाम्रो ध्यानाकर्षण भएको छ । कृषि सहकारी जो लाखौं किसानहरु संगठित हुनु भएको छ । र सहकारीहरुले संगठित रुपमा किसानहरुलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्नका लागि यो संगठन धेरै महत्वपूर्ण छ । यो संगठनको नेतृत्वमा अवको हाम्रो कृषि उत्पादनको अभियानलाई, व्यापारको अभियानलाई आत्मनिर्भर हुने अभियानलाई, राष्ट्रिय पूँजी निर्माण गर्न कृषि क्षेत्रनै महत्वपूर्ण छ । त्यसलाई उद्योगमा समेत बदल्दै अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । त्यतातिर यहाँहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पूँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो ।