२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः मतदान जारी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।

आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनस्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । प्रदर्शनीमार्गको सडकमा नाचगान र सांस्कृतिक प्रस्तुतिसहित प्रचारप्रसार गरिएको छ । सोही कारण प्रदर्शनीमार्गको सवारी आवागमन प्रभावित भएको छ ।

एमाले महाधिवेशनको उद्घाटन गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी चौरमा भएको थियो भने मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्र र चुनावी कार्यक्रम सुरु भएको हो ।