४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट

महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट
अ+ अ-

क्वालालम्पुर । मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नु भएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनु भएको हो ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार अपराह्न १ बजे प्रधानमन्त्री महाथिरले राजा समक्ष राजीनामा गर्नु भएको उल्लेख छ, तर राजीनामाको बारेमा विस्तृत केही बताइएको छैन ।

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनु भएको हो । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।

राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने तर महाथिरलाई प्रधानमन्त्रीका रुपमा समर्थन जारी राख्ने जनाएको छ । सरकारमा सम्मिलित मन्त्रीहरु समेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

महाथिरको बर्सातु र अनवरको पार्टीका झण्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुश्किल हुनेछ ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ट नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो, तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न ढिलाई गर्नु भएको थियो ।

अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताउनु भएको छ । तर उहाँले सत्ता गठबन्धनका बारेमा केही बताउन चाहनु भएन ।

पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहनु भएका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ ।

अनवर र उहाँकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि सोमबार राजालाई भेट्ने कार्यक्रम तय भएको छ । वान अजिजाले ट्वीट गर्दै “मानिसहरुले योजना बनाउन सक्छन् तर अल्लाहले निर्णय गर्नुहुन्छ” भन्नु भएको छ ।

विज्ञहरुले मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्न वा नयाँ चुनाव घोषणा गर्न सक्ने बताएका छन् । उनीहरुले नयाँ सरकारको गठनले मलाए इस्लामिक पार्टीको बर्चश्व र प्रभाव मुलुकमा देखिने र त्यसले मलेसियाको बहुजातीय सामाजिक संरचनामाथि सङ्कट निम्त्याउने चेतावनी दिएका छन् ।

“महाथिरको मुख्य राजनीतिक प्राथमिकता नै अनवरलाई प्रधानमन्त्री बनाउन ढिलाई गर्नु हो,” सिंगापुरस्थित अन्तर्राष्ट्रिय अध्ययन इन्स्टिच्यूटका वरिष्ट अनुसन्धाता ओह इ सुनले बताउनुभयो । “यदि नयाँ सरकार गठन भएमा मलेसिया प्रतिगामी अवस्थातर्फ धकेलिने छ, र यहाँ जातीय एवं धार्मिक अतिवादले अझ गहिरोसँग जरो गाड्ने छ ।”