२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याउला काट्न गएकी वृद्धाको भिरबाट लडेर मृत्यु



अ+ अ-

बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।