१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता



अ+ अ-

काठमाडौँ, । सरकारद्धारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी हुनुहुन्छ । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गर्नुभएको हो ।

आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ । उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको थियो । सोही समितिले आज अभियानका टोलीसँग वार्ता गरेको हो ।