१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार गरेर अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुनकर्मीले आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले उनको आय–व्यय विवरण, सम्पत्ति विवरण तथा वित्तीय कारोबारको विस्तृत अनुसन्धानपछि अभियोगपत्र दायर गरेको जनाएको छ।

मुद्दामा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी कानुनबमोजिम सजायको माग गरिएको छ। यस सम्बन्धमा विशेष अदालतमा सुनुवाइ प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

NwMvEG