१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार गरेर अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुनकर्मीले आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले उनको आय–व्यय विवरण, सम्पत्ति विवरण तथा वित्तीय कारोबारको विस्तृत अनुसन्धानपछि अभियोगपत्र दायर गरेको जनाएको छ।

मुद्दामा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी कानुनबमोजिम सजायको माग गरिएको छ। यस सम्बन्धमा विशेष अदालतमा सुनुवाइ प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/12/NwMvEG.pdf”]