२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ ।

सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुनेछ । बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ–आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् ।

विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटोछरितो हुने अपेक्षा गरिएको छ । देशभरबाट आएका २ हजारभन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् ।

कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई समर्थन गर्दै महाधिवेशन स्थल वरपर चहलपहल कायम राखेका छन् । महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेको छ । मतदान सकिएपछि नयाँ नेतृत्व घोषणा हुनेछ ।

तस्बिरहरु: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल