१ पुष २०८२, मंगलवार
,
Latest
पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ।

सचिवालयका अनुसार माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरेपछि थापाले राष्ट्रपति पौडेललाई जानकारी गराउँदै राजीनामा दिएका हुन्।

थापा नेपाली कांग्रेसको २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसैगरी, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट धनकुटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए।

२०७९ फागुनमा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि थापा उनका राजनीतिक सल्लाहकार नियुक्त भएका थिए। राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने तयारीसँगै उनले सल्लाहकार पदबाट राजीनामा दिएका हुन्।