• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

भारतद्वारा महाविनाशक सेक्रेट न्यूक्लियर पनडुब्बी एस ४ प्रक्षेपण



लण्डन । भारतले गोप्यरूपमा आणविक शक्तिबाट चल्ने पनडुब्बी प्रक्षेपण गरेको छ । यो अरिहन्त वर्गको तेस्रो आणविक पनडुब्बी हो। यो पनडुब्बी नोभेम्बर २३ मा भारतको विशाखापट्टनमस्थित गोप्य जहाज निर्माण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । यो भारतीय पनडुब्बी करिब ७ हजार टन रहेको बताइएको छ, जुन अहिलेसम्म बनेको अन्य दुई पनडुब्बीभन्दा बढी हो । 

बेलायतस्थित जेन्स डिफेन्स विकलीले स्याटेलाइट छविहरूका आधारमा भारतको तेस्रो आणविक पनडुब्बी प्रक्षेपण गरेको खुलासा गरेको छ। डिफेन्स अफेयर्सको यो म्यागजिनले एस ४ भनिने यो पनडुब्बीलाई एक ठाउँबाट अर्को ठाउँमा सारिएको जनाएको छ । यो सबमर्सिबल ब्यालिस्टिक न्यूक्लियर पनडुब्बी अरिहन्त वर्गको तेस्रो पनडुब्बी हो। यसअघि आईएनएस अरिघाट र आईएनएस अरिहन्त लन्च भइसकेका छन् ।

एस ४ ले ८ के–४ पनडुब्बी प्रक्षेपण ब्यालिस्टिक मिसाइल बोक्न सक्ने

म्यागजिनले एस ४ पनडुब्बी आफ्नो पूर्ववर्ती अन्य दुई पनडुब्बीभन्दा थोरै ठूलो र ७ हजार टन तौल भएको जनाएको छ । आईएनएस अरिहन्त ६ हजार टनको छ । एस ४ पनडुब्बीमा ८ मिसाइल प्रक्षेपण ट्यूब छन्, जबकि आईएनएस अरिहन्तमा ४ मिसाइल ट्यूब छन्। रिपोर्टमा भनिएको छ कि यो एस ४ आणविक पनडुब्बीले ८ के–४ पनडुब्बी प्रक्षेपण ब्यालिस्टिक मिसाइल बोक्न सक्छ जसको मार हान्ने क्षमता ३५०० किलोमिटर छ। एकै समयमा, २४के–१५ मिसाइलहरू यसमा तैनात गर्न सकिन्छ।

भारतले हाल के–४ मिसाइलको विकास गरिरहेको छ र यसलाई चाँडै परीक्षण गर्न सकिनेछ । भारतको मिसाइल र पनडुब्बी पूर्णरूपमा तयार भएपछि भारतीय नौसेनाले धेरै टाढाबाट चीन र पाकिस्तानलाई निशाना बनाउन सक्छ। परमाणु बम भएको मुलुक भएकाले भारतले समुद्रमार्फत चीन र पाकिस्तानमाथि परमाणु बम हमला गर्न सक्छ । यो मिसाइल भारतको डीआरडीओ र परमाणु ऊर्जा विभागले संयुक्तरूपमा बनाएको हो।

पनडुब्बीमा ८२.५ मेगावाटको लाइट वाटर रिएक्टर जडान 

यो पनडुब्बी बनाउन भारतीय नौसेना र रुसी वैज्ञानिक तथा प्राविधिक कर्मचारीले सहयोग गरेका छन् । भारतले नौसेनामा त्यस्ता ४ एसएसबीएनहरू समावेश गर्ने योजना बनाएको छ। यति मात्र होइन भारतसँग थप दुई आणविक पनडुब्बीको विकल्प हुनेछ । एस ४ पनडुब्बीको आणविक रिएक्टरलाई पनि थप सुधार गरिएको छ। द वायरको रिपोर्टका अनुसार यस पनडुब्बीमा ८२.५ मेगावाटको लाइट वाटर रिएक्टर जडान गरिएको छ ।