१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा महाविनाशक सेक्रेट न्यूक्लियर पनडुब्बी एस ४ प्रक्षेपण



अ+ अ-

लण्डन । भारतले गोप्यरूपमा आणविक शक्तिबाट चल्ने पनडुब्बी प्रक्षेपण गरेको छ । यो अरिहन्त वर्गको तेस्रो आणविक पनडुब्बी हो। यो पनडुब्बी नोभेम्बर २३ मा भारतको विशाखापट्टनमस्थित गोप्य जहाज निर्माण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । यो भारतीय पनडुब्बी करिब ७ हजार टन रहेको बताइएको छ, जुन अहिलेसम्म बनेको अन्य दुई पनडुब्बीभन्दा बढी हो । 

बेलायतस्थित जेन्स डिफेन्स विकलीले स्याटेलाइट छविहरूका आधारमा भारतको तेस्रो आणविक पनडुब्बी प्रक्षेपण गरेको खुलासा गरेको छ। डिफेन्स अफेयर्सको यो म्यागजिनले एस ४ भनिने यो पनडुब्बीलाई एक ठाउँबाट अर्को ठाउँमा सारिएको जनाएको छ । यो सबमर्सिबल ब्यालिस्टिक न्यूक्लियर पनडुब्बी अरिहन्त वर्गको तेस्रो पनडुब्बी हो। यसअघि आईएनएस अरिघाट र आईएनएस अरिहन्त लन्च भइसकेका छन् ।

एस ४ ले ८ के–४ पनडुब्बी प्रक्षेपण ब्यालिस्टिक मिसाइल बोक्न सक्ने

म्यागजिनले एस ४ पनडुब्बी आफ्नो पूर्ववर्ती अन्य दुई पनडुब्बीभन्दा थोरै ठूलो र ७ हजार टन तौल भएको जनाएको छ । आईएनएस अरिहन्त ६ हजार टनको छ । एस ४ पनडुब्बीमा ८ मिसाइल प्रक्षेपण ट्यूब छन्, जबकि आईएनएस अरिहन्तमा ४ मिसाइल ट्यूब छन्। रिपोर्टमा भनिएको छ कि यो एस ४ आणविक पनडुब्बीले ८ के–४ पनडुब्बी प्रक्षेपण ब्यालिस्टिक मिसाइल बोक्न सक्छ जसको मार हान्ने क्षमता ३५०० किलोमिटर छ। एकै समयमा, २४के–१५ मिसाइलहरू यसमा तैनात गर्न सकिन्छ।

भारतले हाल के–४ मिसाइलको विकास गरिरहेको छ र यसलाई चाँडै परीक्षण गर्न सकिनेछ । भारतको मिसाइल र पनडुब्बी पूर्णरूपमा तयार भएपछि भारतीय नौसेनाले धेरै टाढाबाट चीन र पाकिस्तानलाई निशाना बनाउन सक्छ। परमाणु बम भएको मुलुक भएकाले भारतले समुद्रमार्फत चीन र पाकिस्तानमाथि परमाणु बम हमला गर्न सक्छ । यो मिसाइल भारतको डीआरडीओ र परमाणु ऊर्जा विभागले संयुक्तरूपमा बनाएको हो।

पनडुब्बीमा ८२.५ मेगावाटको लाइट वाटर रिएक्टर जडान 

यो पनडुब्बी बनाउन भारतीय नौसेना र रुसी वैज्ञानिक तथा प्राविधिक कर्मचारीले सहयोग गरेका छन् । भारतले नौसेनामा त्यस्ता ४ एसएसबीएनहरू समावेश गर्ने योजना बनाएको छ। यति मात्र होइन भारतसँग थप दुई आणविक पनडुब्बीको विकल्प हुनेछ । एस ४ पनडुब्बीको आणविक रिएक्टरलाई पनि थप सुधार गरिएको छ। द वायरको रिपोर्टका अनुसार यस पनडुब्बीमा ८२.५ मेगावाटको लाइट वाटर रिएक्टर जडान गरिएको छ ।