१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरेका छन्।

पार्टी स्रोतका अनुसार ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएका छन्।

स्रोतले भन्यो, “उहाँले उपाध्यक्ष पद अस्वीकार गर्नुभएको हो। केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गरेर बाहिरिनुभएको छ।”

ज्ञवाली अध्यक्ष ओलीको प्यानलबाट महासचिव पदका आकांक्षी थिए। तर सो पदमा निरन्तरता पाउने भएपछि शंकर पोखरेल नै महासचिवमा दोहोरिएका छन्। महासचिव पद नपाएपछि ज्ञवाली असन्तुष्ट बनेको नेताहरूको भनाइ छ।

महासचिव बाहेक अन्य कुनै पदमा नउठ्ने अडान लिएका ज्ञवालीलाई मनाउन अध्यक्ष ओलीले शुक्रबार बिहान आफ्नै निवास गुन्डुमा प्रयास गरेका थिए। तर ज्ञवालीले आफ्नो अडान नछाडेपछि उपाध्यक्ष पदमा उम्मेदवारी नदिएको स्रोतले जनाएको छ।

ज्ञवाली दिउँसो महाधिवेशनस्थल पुगे पनि सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिई बन्दसत्र हलमा प्रवेश गरेका थिए।