२९ मंसिर २०८२, सोमबार
,
Latest
च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ ।

सोमवार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरु सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरु चल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी पार्टीको महाधिवेशन समय अगावै सम्पन्न गर्नेगरी लागिरहेका छौँ । अहिले राष्ट्रिय राजनीति चुनौतिपूर्ण छ । त्यसलाई सामना गर्नको लागि पार्टी एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अघि बढ्न खोजिरहेका छौँ । त्यसका लागि मैले पार्टीको महासचिवमा दोहोरिने फैसला गरेको छु । यसअर्थमा यसलाई स्वभाविक अर्थमा लिनुपर्दछ । गर्न बाँकी काम आन्दोलनको विषय हो कुनै व्यक्तिको विषय होइन । आन्दोलनले के कुराको माग गर्दछ ? कसरी अगाडि बढ्नुपर्दछ भन्ने आधारमा पार्टीले दिएका फैसलाहरुलाई कार्यकर्ताहरुले कार्यान्वयन गर्ने गर्दछौँ । यतिबेला हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरुलाई सामना गर्ने संकल्प गरेका छौँ । र उहाँको टिमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँ भूमिका खेल्नुपर्दछ भन्ने भुमिकाका आधारमा हामी अगाडि बढ्न खोजेका छौँ ।’

उहाँले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरु सामना गर्ने संकल्प समेत आफूहरुले गरेको बताउनु भयो ।