१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई



अ+ अ-

काठमाडौँ ।  नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको सौराहाबाट विदाई गरिएको छ ।

चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई विदाई गरिएको हो ।

हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले हात्तिलाई माला लगाईदिनुभएको थियो । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो ।

सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिनुभयो । उहाँले विदाई गरिएका हात्तिहरुलाई भैरहवा विमानस्थलबाट पुस २ गते पशु सेवा प्राविधिक र दुई जना माउतेहरुसहित चाटर्ड विमानमार्फत कतार पठाईने बताउनु भयो । उहाँले औपचारिक रुपमा भने भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हस्तान्तरण गर्न तयारी रहेको जानकारी दिनुभयो ।

नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिन लागेको हो । कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लानेछ । रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार जाँदैछन् । उनीहरुले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा पन्तले जानकारी दिनुभयो ।