२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टी उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा समावेश आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीभित्र कामको मूल्यांकन हुनुपर्ने धारणा राख्दै आफू उपाध्यक्षमा उठ्ने तयारीमा रहेको उनले बताए ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै आचार्यले भने, “पार्टीमा कामको मूल्यांकन हुनुपर्छ । तसर्थ कामको मूल्यांकन र न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला ।”

आचार्य नवौँ महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए । उनी कोशी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत भइसकेका छन् । यद्यपि, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।