९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पुनः सचिव पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा सचिव पदका लागि भट्टको नाम समावेश भए पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

भट्टले आफू फेरि सचिव नबन्ने स्पष्ट गर्दै उपमहासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । भट्टको अस्वीकारपछि अध्यक्ष ओलीको प्यानलले उम्मेदवारको सूचीमा हेरफेर गरिएको छ

यसअघि सचिव पदमा रहेका भट्टलाई उपमहासचिवमा उम्मेदवार बनाइएपछि भानुभक्त ढकाललाई सचिव पदमा सारिएको छ। ढकालको नाम यसअघि उपमहासचिव पदका लागि प्रस्तावित थियो।

एमालेको आगामी नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन् ।