काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पुनः सचिव पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा सचिव पदका लागि भट्टको नाम समावेश भए पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।
भट्टले आफू फेरि सचिव नबन्ने स्पष्ट गर्दै उपमहासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । भट्टको अस्वीकारपछि अध्यक्ष ओलीको प्यानलले उम्मेदवारको सूचीमा हेरफेर गरिएको छ
यसअघि सचिव पदमा रहेका भट्टलाई उपमहासचिवमा उम्मेदवार बनाइएपछि भानुभक्त ढकाललाई सचिव पदमा सारिएको छ। ढकालको नाम यसअघि उपमहासचिव पदका लागि प्रस्तावित थियो।
एमालेको आगामी नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन् ।










