२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनः ईश्वर पोखरेलको उम्मेदवारी दर्ता एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता–फोटोफिचर ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी–फोटोफिचर सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस् पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँः ईश्वर पोखरेल एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छः पृथ्वीसुब्बा गुरुङ राखुका किसानलाई सुन्तला ढुवानीको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

गौतमले सार्वजनिक भएका पदाधिकारीका नामावलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका छन्। “फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन,” उनले भने।

उनका अनुसार यसअघि नै आफूले पार्टी अध्यक्षलाई आफ्नो विषयमा जानकारी गराइसकेका थिए। “मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिएँ। तर जस्तो नामहरू प्रचारमा आए, त्यसपछि अब म उपमहासचिवको उम्मेदवार बन्छु,” गौतमले बताए।

पार्टीभित्र पदाधिकारी चयनको प्रक्रियालाई लिएर असन्तुष्टि देखिन थालेको सन्दर्भमा गौतमको स्वतन्त्र उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।