९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लाग्दा संस्थापन पक्षले पदाधिकारीका उम्मेदवार टुंगो लगाउन सकेको छैन। आइतबार रातभर शीर्ष नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेन।

महासचिव पदका लागि अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई अघि सार्ने चाहना राखेको नेताहरूले बुझेका छन्। तर अर्का दाबेदार प्रदीप ज्ञवालीले महासचिवको उम्मेदवार नबने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिने अडान राखेका छन्। पोखरेल र ज्ञवालीमध्ये एक जनालाई महासचिव बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई नै दिइएको छ।

महासचिवका अर्का आकांक्षी पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष पदका लागि उम्मेदवार बन्ने तयारीमा छन्। तर उनले शंकर पोखरेलको विकल्प खोजिनुपर्ने अडान राखेको बताइएको छ। संस्थापन पक्षबाट उपाध्यक्षमा बिष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ उम्मेदवार बन्ने लगभग निश्चित देखिएको छ।

हालका उपाध्यक्ष गुरु बराललाई अनुशासन आयोगको अध्यक्ष बनाउने प्रस्तावमा सहमति नजुटेपछि उम्मेदवारको अन्तिम टुंगो लाग्न सकेको छैन।

उपमहासचिव पदमा संस्थापन पक्षबाट बिष्णु रिमाल, रघुवीर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालमध्ये तीन जनालाई अघि सार्ने तयारी छ।

नौ सचिव पदका लागि कोशी प्रदेशबाट शेरधन राई, हिक्मत कार्की र भानुभक्त ढकाल, बागमतीबाट महेश बस्नेत, शेरबहादुर तामाङ र माधव ढुंगेललगायतको बलियो दाबी रहेकाले सहमति हुन सकेको छैन।

यस्तै, गण्डकीबाट खगराज अधिकारी, कर्णालीबाट यमलाल कडेल र गोरखबहादुर बोगटी, सुदूरपश्चिमबाट गणेश ठगुन्ना तथा ‘घरफर्क अभियान’बाट रामकुमारी झाँक्रीलगायतका नाममा छलफल जारी रहेको छ।

नेतृत्व चयनका बाँकी विषयमा सहमति जुटाउन थप छलफल जारी रहने नेताहरूले बताएका छन्।