२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदक विजेता चन्द्र स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ। युएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक प्राप्त गरेका चन्द्रबहादुर थापासहितको टोलीलाई आज भव्य स्वागत गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासङ्घका पदाधिकारी, राष्ट्रिय खेल सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई त्रिवि अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यही डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको उक्त प्रतियोगिताको ५४ किलो तौल समूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कास्य पदक प्राप्त गरेका थिए । कास्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । सेमिफाइनलमा चन्द्र विश्व बरियतामा सातौँ स्थानमा रहेका काजकिस्तानका खेलाडीसँग पराजित भएका थिए ।

विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुन् । चन्द्रसँगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । अठचालीस किलो तौल समूहमा लालप्रसाद उप्रेती, ५१ किलोमा फुङलाङ काम्वाङ, ६० किलोमा खगेन्द्र रोका मगर र ८० किलोमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । टोलीको प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनमगर थिए ।

कार्यक्रममा सदस्य–सचिव मेहताले ऐतिहासिक उपलब्धि हासिल गरेकामा चन्द्रलाई बधाइ दिँदै उक्त पदकले सारा नेपालीलाई हर्षित बनाएको बताए । सबैको साथ र सहयोगले यो उपलब्धि सम्भव भएको र अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रित गर्ने उनले बताए ।

नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभइ सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्नुभयो ।रासस




भर्खरै