९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेदेखि पुस १ गतेसम्म सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरेको हो ।

तालिकाअनुसार आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । भोलि २९ गते बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी, विरोध तथा सुधारका लागि समय तोकिएको छ ।

त्यसैगरी बिहान साढे ९ बजे मतदाता नामावली उपर परेका दाबी–विरोध तथा सुधारसम्बन्धी सूचना प्रकाशन गरिनेछ ।

बिहान १० बजे दाबी–विरोधमाथि छानबिन तथा निर्णय गर्ने कार्यक्रम रहेको छ भने सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया पुस १ गतेसम्म सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका तय गरिएको हो ।