काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेदेखि पुस १ गतेसम्म सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरेको हो ।
तालिकाअनुसार आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । भोलि २९ गते बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी, विरोध तथा सुधारका लागि समय तोकिएको छ ।
त्यसैगरी बिहान साढे ९ बजे मतदाता नामावली उपर परेका दाबी–विरोध तथा सुधारसम्बन्धी सूचना प्रकाशन गरिनेछ ।
बिहान १० बजे दाबी–विरोधमाथि छानबिन तथा निर्णय गर्ने कार्यक्रम रहेको छ भने सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया पुस १ गतेसम्म सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका तय गरिएको हो ।











