१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष चालिसेविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)ले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका बेला चालिसेले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका थिए। उनीमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ।

अख्तियारको दाबी अनुसार चालिसेले कुल ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए। तर, तीमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध स्रोतबाट आर्जन भएको देखिएको छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै उक्त रकमलाई बिगो कायम गरिएको छ।

मुद्दामा सन्तोष चालिसेसँगै उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

चालिसे २०७४ साल जेठदेखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए।

अख्तियारले चालिसेमाथि सम्पत्ति विवरण पेस गर्दा वास्तविक सम्पत्ति उल्लेख नगरी लुकाइछिपाइ झुट्टा विवरण पेस गरेको आरोपसमेत लगाएको छ।

संसदीय समितिको नेतृत्व गरिसकेको व्यक्तिमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको यो पहिलो घटना भएको अख्तियारको भनाइ छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/12/Iwnv6J.pdf”]