१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।

आईतवार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन बुझाइएको हो । राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको जनाइएको छ । प्रतिवेदनमा नेपालको समसामयिक सुरक्षा अवस्था, सीमा सुरक्षा, आन्तरिक शान्ति,सुव्यवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू समेटिएको छ ।

अन्तरिम सरकारले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।